अमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा
कास्की | असार १, २०७९
कास्की: ‘स्वाद र स्वास्थ्य’ नारासहित सेवा प्रदान गर्दै आएको हट एण्ड स्पाइसीले आफ्नो नयाँ शाखा अमरसिंहमा विस्तार गरेको छ । पोखरा महानरपालिका १० अमरसिंहचोकस्थित मेगा बैंकसँगै हट एण्ड स्पाइसीले मायाज कस्टम केकसहित रेष्टुरेण्ट आज (बुधाबार) देखि सञ्चालनमा ल्याएको हो ।
उक्त रेष्टुरेण्टको उद्घाटन नवनिर्वाचित पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै गुरुङले सफलताको शुभकामना व्यक्त गरे ।
विभिन्न ठाउँमा शाखाहरु विस्तार गर्नु आफैमा प्ररणादायी कार्य रहेको वडाध्यक्ष गुरुङले धारणा राखे । ‘यो त उदाहारणीय काम हो । सरकारले गर्न नसकेको काम तपाइहरुले गर्नुभएको छ, उनले भने, ‘२ सय भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । यतिमात्र नभई प्रशिक्षणको व्यवस्था पनि रहेछ जसले आत्मनिर्भर बन्न सघाउ पुग्छ ।’
वडाध्यक्ष गुरुङले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने काममा हट एण्ड स्पाइसीले योगदान दिएको भन्दै प्रशंसा गरेका थिए ।
हट एण्ड स्पाइसीले आफ्नो शाखाहरुलाई वर्गीकरण गरेको बताउदै पोखरामा ४ वटा क वर्गका शाखा रहेको सञ्चालक ज्ञान गुरुङले बताए ।
उनका अनुसार सेवाकेन्द्र क वर्गका शाखाहरु सहित पोखरामा एक दर्जन शाखाहरु रहेका छन् । उनले पोखराको बगर, नदीपुर, ड्यामसाइड, अमरसिंह लगायतको स्थानबाट सेवा प्रदान गर्दै आएको बताउदै भने, ‘हामीले अनलाइनमार्फत पनि खाजाका परिकारहरु डेलिभरी गर्छाै । बगको क्षेत्रबाट आयो भने बगरबाट सप्लाई हुन्छ । यस्तै जुन ठाउँबाट नजिक पर्छ त्यही आसपासको शाखाबाट खाजा उपलब्ध गर्दै आएका छौं ।’
उनले अमरसिंह क्षेत्रको ग्राहकलाई मध्यनगर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार स्पाइसीले सन् २०१२ देखि सेवा सञ्चालन गरेको थियो ।
एक दशकसम्म सेवा प्रवाह गरेको यस रेष्टुरेण्टको शाखा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा विस्तार भैसकेको व्यवस्थापक सन्देश गुरुङले जानकारी दिए । उनका अनुसार सो कम्पनीमा करिब २ सय बढि कर्मचारी रहेका छन् ।
पाइदैन धुम्रपान र मध्यपानजन्य पदार्थ
स्वाद र स्वास्थ्य’ भन्ने नारासहित सञ्चालनमा रहेको हट एण्ड स्पाइसी रेटुरेष्टमा मध्यपान जन्य र धुम्रपानजन्य पदार्थको विक्रि नगरिने सञ्चालक ज्ञान गुरुङले बताए ।
उनले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरि मध्यपान र धुम्रपान विक्रिमा प्रतिबन्ध लगाएको प्रष्ट पारे । ‘हाम्रो लक्ष्य नै स्वाद र स्वास्थ्य हो । उनले भने, ‘त्यसैले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै हानिकार चिजबस्तुहरु विक्रि गर्दैनौं । मध्यपान र धुम्रपानको सेवाबाट हामी विल्कुल टाढा छौं ।’
उनले हट एण्ड स्पाइसीमा स्वास्थ्यबर्दक खाजाहरु प्रदान गर्दै आएकै कारण फरक पहिचान बनेको धारणा राखेका थिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

